पोखरामा अन्तर्राष्ट्रिय माउण्टेन क्रस–कन्ट्री सुरु

पाेखरा | मंसिर ९, २०८०

पोखरामा अन्तर्राष्ट्रिय माउण्टेन क्रस–कन्ट्री सुरु

पोखरा:    पोखरामा ‘पोखरा इन्टरनेशनल माउन्टेन क्रस–कन्ट्री कम्पिटिशन’ सुरु भएको छ । । पोखरा महानगरपालिकाको कार्यालय, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डद्वारा आयोजित प्रतियोगिता लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएको हो ।

गण्डकीका प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र चिनियाँ राजदूत छन सङले क्रस कन्ट्रीको उद्घाटन गरे ।


सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी र विद्यार्थी दौड गरेर ४ विधामा प्रतिस्पर्धा हुनेछ ।

 

सामूहिक प्रतिस्पर्धामा दौड, साइक्लिङ र डुंगा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेताको छिनोफानो हुनेछ ।


यो विधाको विजेताले ३ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रोले २ लाख ८८ हजार रुपैयाँ , तेस्रोले २ लाख १६ हजार रुपैयाँ, सान्त्वना हुने समूहले १ लाख ४४ हजार रुपैयाँ र पाँचौले ९ हजार रुपैयाँ पुरस्कार हात पार्नेछ ।


व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । यो विधाको विजेता महिला पुरुषले जनही १ लाख ४४ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले १ लाख ८ हजार रुपैयाँ पाउनेछन् । तेस्रोले ५४ हजार रुपैयाँ, चोथौं देखि सातौंसम्मले १८ हजार रुपैयाँ र दसौंसम्मका धावकले ९ हजार रुपैयाँ पाउनेछन् ।


यि दुवै विधामा लेकसाइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसे खोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचिबोट हुँदै बाराहीघाटमै आएर विजेताको टुंगो लाग्नेछ ।


५ किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताको विजेता छात्र छात्रालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोंले १० हजार र पाँचौले हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।


प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङ सहरबाट खेलाडी र अफिसियल ९५ जना चार्टर विमानमार्फत पोखरा विमानस्थल ओर्लिएका थिए ।

 

 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्